थापाथलीमा बिध्यालय कर्मचारी परिषद को पाँचौ रास्ट्रीय अधिबेशन कार्यक्रम

नेपाल बिध्यालय कर्मचारी परिषद को पाँचौ रास्ट्रीय अधिबेशन एक कार्यक्रमका बिच थापाथलीमा उद्घाटन भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अथिति नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष वावुराम थापाले सरकारले विद्यालय कर्मचारीलाई ऐनमा नै नीतिगत रूपमा बिभेद गरेको आरोप लगाए । देशैभर कार्यरत सामुदायिक बिधालयका कर्मचारीहरुमा आइपर्ने समस्याको समाधान र बिधालयहरुमा कार्यरत कर्मचारीहरु प्रति राज्यले हेर्ने दृष्टिकोण न्युन रहेको वताए । उनले पदाधिकारीहरु कर्मचारीहरुका हक हितका लागि कटिबद्ध भएर लाग्नुपर्ने वताए ।

उद्घाटन सत्रमा परिषदका वरिष्ठ उपाध्यक्ष ससि कुमार केसीले स्वागत गदै हजारौं विद्यार्थीको भविस्य निर्माण गर्ने शैक्षिक थलोमा काम गर्ने शिक्षक र कर्मचारी बीच बिभेद हुनु दुखद कुरा भएको वताए । उनले राज्यको शिक्षा निकायको उदासीनता र नीतिगत बिभेदका कारण विद्यालय कर्मचारीमा नैरास्यता छाएको बताए ।
यस्तै विद्यालय कर्मचारीको पेसागत सुरक्षाका सवालमा राज्यले बहाना वाजी नगरी तुरुन्त विद्यालयमा दरबन्दी सृजना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने सहभागिहरुले बताएका छन ।