रुकुम चौरजहारी

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश,

रुकुम आठ विसकोट

काठमान्डौ – कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् ।

प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

जेठ ७ मा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दावी पेश गरेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दावी खारेज गरेर मध्यरातमा संसद विघटन गरेकी थिइन् ।

संसद पुनस्थापनाको माग र देउवालाई प्रधानमन्त्रीदाबी गर्दै सर्वोच्चमा ३० वटा रिट निवेदन परेका थिए। जसको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।