सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रलाई रक्षा गर्यो :नारायणकाजी श्रेष्ठ
असार २८ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको परमादेशले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन्।
श्रेष्ठले सर्वोच्चको आजको परमादेशपछि प्रतिक्रिया दिँदै सर्वोच्चको परमादेशले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन् ।
उनले भनेका छन्, सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्छौं। प्रतिगमनको विरूद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरू ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु’।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन विरुद्ध १४६ सांसदले दायर गरेको रिटमाथि फैसला सुनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।