सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा
असार २८ ,काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।उनले ट्विटरमा लेखेका छन्।
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा दोस्रो पटक संसद विघटन गरेका थिए । संसदविघटन असंवैधानिक भएको भन्दै सर्वोच्चले पुनस्थापना गरेको छ।
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा— Kamal Thapa (@KTnepal) July 12, 2021