केपी ओलीको प्रधानमन्त्री दाबीमा जम्मा तिन जनाले हस्ताक्षर गरेका छन् ; सर्वोच्च अद्लात

असार २८ ,काठमान्डौ – आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दै राष्ट्रपति समक्ष दाबी पेस गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा तीन जना सांसदको हस्ताक्षर मात्रै बुझाएको खुलेको छ ।

गत जेठ ७ गते केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नु अघि आफूलाई बहुमत सांसदले समर्थन गरेको र हस्ताक्षर रहेको भनेपनि तिन जनाले मात्र हस्ताक्षर गरेको खुलेको छ।

प्रधानमन्त्रीमा दाबी गर्दा केपी शर्मा ओलीका तर्फबाट स्वयम् केपी शर्मा ओली, राजेन्द्र महतो र महन्थ ठाकुरको मात्रै हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएको सर्वोच्च अदालतले जनाएको छ ।

नेपाली कांग्रेसका सभापतिको पक्षमा एमालेका २६ जनासहित एक सय ४९ जना सांसदले राष्ट्रपति समक्ष निवेदन दिएका थिए ।१४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गद्रसमेत राष्ट्रपतिले उहाँलाई नियुक्ति नदिनु गलत रहेको अदालतको आदेशले जनाएको छ ।

प्रधानमन्त्रीमा ओलीको दाबी नपुगेको र देउवाको पक्षमा १४९ जना सांसदले हस्ताक्षर बुझाएकाले राष्ट्रपतिले त्यतिबेलैमा संविधानअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्थ्याे भन्ने पनि आदेशमा उल्लेख छ ।

सर्वोच्च अद्लातको पूर्णपाठको ११७ नम्बरमा भनिएकाे छ ,प्रधानमन्त्री केपी ओलीले २०७८। २ / ७ मा आफूउपर १५३ जना प्रतिनिधि सभाका सदस्यहरुको गरेको दाबिमा जम्मा तिन जनाको हस्ताक्षर देखिन्छ।