पञ्चपुरी नगरपालिकामा अटाे रिक्सा का लागि नया नियम लागू
पञ्चपुरी नगरपालिका ले स्थानीय स्तरमा चल्ने अटाे रिक्सा का लागि नया नियम लागू गरेकाे छ । पछिल्लो चरणमा विभिन्न किसिम का दुर्घटना हुने भएकोले यातायात मा कडाइ गरिएको हाे ।
हिजो नगरपालिकामा बसेकाे बैठकले अटाे रिक्सा चालक का लागि ९ अाेटा निर्णय गरेकाे हो । अटाे रिक्सा मा चालक सहित ४ जना मात्रै सवार गर्ने, असार मसान्तसम्म नगरपालिका मा रिक्सा सुचिकृत गर्ने, बजार क्षेत्र र बिद्यालय नजिक प्रति घण्टा १० किलोमिटर का दरले गति मा सवारी चलाउने, १८ बर्ष भन्दा कम उमेरका ले रिक्सा नचलाउने समेत निर्णय गरेकाे छ । त्यस्तै सवारी साधन चलाउदा अावश्यक कागजात साथमा राख्ने, ट्राफिक नियमकाे पुर्ण रुपमा पालना गर्ने समेत निर्णयमा उल्लेख छ । नगरपालिका ले अटाे रिक्सा संचालन गर्ने क्षेत्र समेत ताेकेकाे छ । अटाे रिक्सा नगरपालिका काे खम्बगाडे, दुलालथाई, बिद्यापुर, भेरी पुल सम्म मात्रै संचालन गरिने भएको छ ।
नगरपालिका ले ताेकेकाे क्षेत्र भन्दा बाहिर रिक्सा संचालन गर्दा बढि जाेखिम र दुर्घटना बढ्ने भएको हुदा क्षेत्र ताेकिएकाे नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ । अटाे ब्यवसायी हरुले अाफ्नै तरिकाले भाडा दर ताेकेकाे र स्थानीय नागरिक बाट जन गुनासाे अाएकाे हुदा अटाे ब्यावसायी संग बसेर नया भाडादर पनि कायम गरिएको छ । जसमा बाबियाचाैर बजारदेखि खम्बगाडे रु ८०/- पलैटे बजार रु ५०/- बरैचे रू ३०/- चतुरे चाेक रू २०/- भ्यागुते खाेला रु ४०/- ताेकेकाे छ । त्यसै गरि बिद्यापुर बजार रु ७०/- भेरी पुल ७०/- र माझिगाउ रु २० कायम गरेको छ ।
यता ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुसाेभन श्रेष्ठले निर्णयकाे सहि कार्यान्वयन गराउन अाफुले पनि कडा रुपमा निगरानी गर्ने बताउनुभएको छ । पञ्चपुरी नगरपालिका मा अहिले सम्म ३० भन्दा बढि अटाे रिक्सा संचालनमा रहेका रिक्सा संचालन समितिले जनाएको छ ।