माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी मन्त्रालयबारे छलफल
असार २९ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने र मन्त्रीबारे निर्णय गर्नको लागि बैठक जारि रहेको एक नेताले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् । आज साँझा ५ बजे देउवाले सपथ ग्रहण गर्ने छन्।