रुकुम चौरजहारी

सर्वोच्चको फैसला आएको छ, आजै कार्यान्वयन हुन्छ : राष्ट्रपति कार्यालय

रुकुम आठ विसकोट

असार २९ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्दैछिन।सर्वोच्च अदालतले आज सोमबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सर्वोच्चको फैसला सोमबार अपरान्ह सम्म आईपुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार अपरान्ह सर्वोच्चको फैसला राष्ट्रपति कार्यालयमा आइपुगेको बताए।

आजै कार्यनयन हुने पनि उनले बताए।राष्ट्रपति कार्यालयमा देउवाको सपथको भने अहिलेसम्म तयारी भइसकेको छैन।देउवाले सपथ खाएसंगै आज सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेका छन्।