“आई.इ.टि बिधार्थीलाई सरकारले अन्याय र बिभेद गर्यो ” बि .सी

“आ.इ.टि विद्यार्थीलाई सरकारले अन्याय र विभेद ग¥यो” ः बि.सी आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधिमय भइरहेको यो युगमा नेपाल सरकारले आइ.टि पढेका विद्यार्थीलाइ नराम्ररी विभेद गरेको छ । हालसम्म नेपालमा थुप्रै आइ.टि कोर्षहरु जस्तै Bsc. CSIT, BCA,BIT,BICTE,CE,Msc CSIT,MCA,MIT,MICTE, CITE,BCE,BIM आदि जस्ता एकेडेमिक आइ.टि कोर्षहरु सञ्चालित रहेका छन् । आजको युग प्रविधिमय युग हो त्यो नेपाल सरकारलाइ राम्रो स“ग थाहा छ र देश विकाशको मेरुदण्ड भनेकै आइ.टि. हो भन्ने थाहा हुदा हुदै पनि उसले धमाधम निजामति सेवा अन्र्तगतका आइ.टि सम्बन्धित पदहरु कटौति गरिरहेका छ । जस्तै ः कम्प्युटर अपरेटर ,सहायक कम्प्युटर अपरेटर खारेज गरिनु, सम्पूर्ण सेमेष्टर अन्र्तगतका आइ.टि कोर्षको पाठ्यक्रम लगभग समान भएता पनि नेपाल सरकारको निजामति सेवा अन्र्तगत रहेको आइ.टि अधिकृत पदको निम्ति कम्प्युटर इन्जिनियरिङ लाइ मात्रै मान्यता प्रदान गरिनु र विभिन्न मन्त्रालय अन्र्तगतका आइ.टि अधिकृत पद धमाधम खारेज गरिनु । यो आइ.टि अध्ययनरत विद्यार्थिहरुको भविष्य माथि जानि जानि गरिएको खेलबाड हो । अर्को कुरा त लाजमर्दो के छ भने ब्रुजुवा शिक्षाको घोर विरोध गर्दै बैज्ञानिक र विश्व बजारमा बिग्न सक्ने शिक्षाको अबधारणा राख्दै गरेका शिक्षा मन्त्रि ज्यू ले त कक्ष्ाँ ११ र १२ को परिमार्जित पाठ्यक्रममा कम्प्युटर विषय को हत्या गर्ने चेष्टा गर्नु भएको छ मानौ हत्या नै गरिसक्नु भएको छ । यसमा सरकारले ठुलो गल्ति गरेको आइ.सि.टि क्लब सुर्खेतका अधक्ष्य सुवास बि.सी ले नेपाल सरकार स“ग गुनासो गर्नु भएको छ । नेपाल भरि छरिएर रहेका सम्पूर्ण विद्यार्थीहरुको एउटै आवाज गुञ्जित छ ” सरकार यदि आइ.टि कोर्षको कुनै भविष्य छैन भने तत्काल देशभरि सञ्चालित सम्पूर्ण कोर्षहरु बन्दगर , किन गरिबका छोराछोरीलाइ आइ.टि को नमिठो स्कोप बारे लोभ देखाउदै सकि नसकि बुवा आमाले पठाएको पैसाको सत्यानाश गर्न बाध्य बनाउछौ“ । सक्छौ रोजगारि देउ , सक्दैनौ हामि ब्यबहारिक शिक्षा र जिवनउपयोगि शिक्षाको परिकल्पना गर्छौ भनेर खोक्दै नहिड ।“ सरकारले दिन दिनै आइ.टि क्षेत्रका विद्यार्थिलाइ अन्याय गर्दै निर्णय गरिरह“दा विद्यार्थीहरु आफ्नो भविष्य स“ग खेलबाड गरेको भन्दै सरकार स“ग आफ्नो भबिष्यप्रति चिन्ता ब्यक्त गरिरहेको यो अवस्थामा , आफ्नो अधिकारको निम्ति देशभरिका सम्पूर्ण विद्यार्थीहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहेका उहा“ले बताउनु भयो । केहि दिन देखि CSIT Association ले गरेको आन्दोलन प्रति सरकारले उदासिनता देखाएको र यसलाई सार्थक दिनका लागि सम्पूर्ण आइ.टि शिक्षक , विद्यार्थिहरुलाइ आ आफ्नो ठाउ“बाट लाग्नु पर्ने उहा“को जिकिर छ ।