वालुवाटार जग्गा प्रकरण: ९ करोड भ्रष्टाचार गरेका कांग्रेस नेता विजय गच्छदार १० लाख धरौटीमा छुटे

काठमान्डौ – बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन्। ललिता निवासको जग्गाको ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप मुद्दा लागेपछि गच्छदार फरार रहेका थि।

बुधबार बिहान १० बजे उपस्थित भएका उनको विशेष अदालतले चार घण्टासम्म उनको बयान लिइएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु भएको पछि उनलाई १० लाख धरौटी र सामान्य तारेखमा छोडीएको हो।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जसमा गच्छदारले ९ करोड ६५ लाख भ्रष्टाचार गरेको आरोप छ। त्यस्तै अहिलेसम्म कतिपय जेलमा छन् भने कतिपय फरार छन्। यसतै नेकपा एमालेका नेता विष्णु पौडेलपनि ललिता जग्गा प्रकरणमा मुछिएका थिए। उनि सरकारमा अरहेकोबेला जग्गा फिर्ता गरेको बताएका थिए।