सरकारले कर्णाली प्रदेशलाई अन्याय गर्यो ,,
असार १ – आर्थिक वर्ष ७५/७६ को बजेट प्रस्तुत गरे संगै विभिन्न प्रतिपक्ष पार्टी बाट टिका टिप्पणी भैरहँदा कर्णाली प्रदेशबाट प्रतिनिधित्वो गर्ने नेपालि कांग्रेसकि सांसद रंगमती शाहीले केन्द्र सरकारले प्रदेश सरकारलाई न्याय होइन अन्या गरेको बतायकी छिन ।,
शुक्रबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै सांसद शाहीले ओली सरकारले बजेटमा कर्णालीलाई अर्कै राज्य जस्तो ठानेर व्यवहार गरेको गुनासो पोखिन् ।
ओली सरकारले कर्णाली प्रदेशको समस्या नबुझी पानि जहाजका सपना देखाउने गरेको बताईन। , पानि जाहाज हैन कर्णाली प्रदेशका जनता जहाज चढेर काठमान्डौ आउन सक्दैनन ।, नत राम्रो संग गाडी मोटर चल्ने सडक नै छ ।

, ओली सरकारले दिनमै सपना देख्ने गरेको भन्दै सांसद रंगमतिले भनिन काठमान्डौमा १ हजारमा आउने सिमेन्टलाई कर्णालीको हुम्लामा १० हजार पर्छ । काठमाडौंमा उपभोग्य बस्तुको २ रुपैयाँ बढ्यो भने कर्णालीमा २ सय रुपैयाँ बढ्छ ।
त्यसैले बजेट निर्माणमा संलग्न कर्मचारीले कर्णालीलाई न्याय गर्न सक्दैनन् । कर्णालीको जनताले भोगेको पीडा र व्यथा बुझ्दैनन् । बजेटमा कर्णालीमाथि सरकारले सामाजिक न्याय होइन अन्याय गरेको छ ।
ओलीले राराको डिलमाबसेर कर्णाली बासीलाई पर्यटन स्थल बनाउने भनेर बोल्ने , उता दिनहु बिभिन्ना खाद्यन्न , उपभोग्य सामानहरु, ईन्धनको मूल्य बढाउने गरेको आरोप पनि लगाईन ।
, यसअघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधार विकास कोषमार्फत व्यवस्थापन गरेर सुगमको भाडा बढाउने दुर्गमको नबढाउने गरी सहुलियत व्यवस्था गरेका थिए ।
उनले हुम्लामा हप्तामा एकदिन हुँदै आएको एउटा सहुलियत फ्लाइट पनि सरकारले कटौती गरिदिएकाले गरिब र बिरामीले पीडा भोग्नु परेको र अकालमै ज्यान गुमाउनु परेको गुनासो सुनाइन् ।
सरकारले देखेका सपना अपरिहार्य छन्। भौगोलिक दृस्टीकोणले पछाडी परेको कर्णाली प्रदेशमा अहिले सम्म राम्रो हिंड्ने बाटो छैन। ,हिमाल बाट झरेका खोला हरु तर्न पुल हैन तुईन चढेर जान पर्छ, यसको निराकरण कहिले हुन्छ , सांसदले भनिन ।,