प्रचण्ड नेपालको कोटेश्वरमा भेटवार्ता
साउन,२,काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड शनिबार दिउँसो कोटेश्वरस्थित नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको पाईएको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेपाल पक्षले देउवालाई विश्वासको मत दिने नदिने अन्योल छ ।
यो विषयमा पनि छलफल चलेको श्रोतले जनाएको छ ।नेपाल पक्षले देउवालाई विश्वासको मत मत नदिए देउवाको सरकार ढल्ने निश्चित छ ।