प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने
साउन ३ ,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची राखिएको छ ।
सर्वोच्च अदालतले २८ गते संसद् पुनर्स्थापना गरेपछि आज प्रतिनिधिसभाको बैठक बोलाईएको छ। सर्वोच्चले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्।
देउवालाई विश्वासको मत कसरि प्राप्त हुन्छ। सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरि १२८ सांसद छन् ।
यो सबै मत आएपनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । जसको लागि नेकपा एमाले बरिस्ठ नेता माधव कुमार नेपालका सांसदहरुले देउवालाई विश्वको मत दिनुपर्ने हुन्छ।
देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा पाँच गठबन्धन पार्टीका १४६ सांसदले निवेदन दिएका थिए। सोहि मबोजिम सर्वोच्चले फैसला गरेपछि देउवा प्रधन्मम्न्त्री बनेका हुन्। जसमा नेपाल पक्षबाट २३ सांसदले हस्ताक्षर गरेका थिए।
संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५)मा टेकेर प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको हुँदा देउवाले सजिलै विश्वासको मत प्राप्त गर्ने आधार छ।