रुकुम चौरजहारी

पेट्रोलियम पादर्थको मुल्य वृद्धिका विरुद्धमा प्रधानमन्त्रीको पुत्ला दहन

रुकुम आठ विसकोट

१, असार सुर्खेत ।
पेट्रोलियम पादर्थको मुल्य वृद्धिका विरुद्धमा नेपाल विद्यार्थी संघको आन्दोलन जारी राख्दै बिहीबार नेविसंघ सुर्खेतले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
उक्त आन्दोलनबाट नेविसंघका केन्द्रिय सदस्य हरि शर्मालाई प्रहरीले गिरफ्तार गरेको छ भने केन्द्रिय सदस्य अनिलबहादुर शाही गम्भिर घाइते भएका छन् । आन्दोलनको क्रममा गौतम विसीको दाहिने हात भाँचिएको छ ।
त्यस्तै आन्दोलनको क्रममा मिलन विसी, जयन बुढा,यज्ञ राम्जाली मगर पनि घाइते भएका छन् भने उनिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पत्रकार सम्मेलनमा सभापति रेग्मीले सरकारले राणाशासन भन्दा पनि बढि निरंकुशता लाद्न खोजेको भन्दै काँग्रेस अब चुप लागेर बस्न नसक्ने बताए ।
उनले सरकारले शान्तीपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको भन्दै मानवधिकार हनन् गर्न खोजेको आरोप समेत लगाए । यसको लागि मानव अधिकार लगायतका अन्य पक्षसँग सहकार्य गर्दै अब नेविसंघ मात्रै होइन् काँग्रेसपनि निरन्तर आन्दोलनमा अघि बढ्ने उद्घोष गरे । प्रहरीले गरेको यो ज्यादतीप्रति खेद प्रकट गर्दै प्रहरीलाई कार्वाही गरिनुपर्ने बताए ।