प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय
साउन ३ ,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।
आज अपरान्ह ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ। अहिले माओबादी केन्द्रका ४९ जना सांसद रहेका छन ।
नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भनिसकेको छ। यस्तै जसपा पार्टीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने छ। यो संगै प्रधानमन्त्रीले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पाईएको छ ।