भीम रावलको राजिनामा नौटंकी :वामदेव गौतम
साउन ३ ,काठमान्डौ – नेकपा एमालेका नेता वामदेव गौतमले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी हुनु अघि रावलले राजिनामा दिएक छन। अहिलेको अवस्थामा रावलले सांसद पदबाट राजीनामा दिन नहुने बताउँदै अनुपयुक्त भनेका छन्।
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका बेला सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय अधिकार भएको र त्यसमा पार्टीको ह्विप नलाग्ने सर्वोच्च अदालतले व्याख्या गरिसकेपछि नेता रावलको राजिनामाले जुनै अर्थ नराख्ने नेता गौमतले बताए। राजिनामा गर्नुअघि रावललाई केहि नेताहरुले रोक्न खोजेका थिए तर उनले राजिनामा पढेर सुनाएका थिए।