प्रचण्डले भने दुई पटक संसद् विघटन गर्ने बहुमतका प्रधानमन्त्री संसदमा आएको भए हुन्थ्यो
काठमान्डौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा केपी शर्मा ओलीलाई किन नआउनु भएको भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रस्ताव राख्दै दुई तिहाईको बहुमत प्रधानमन्त्रीले ईतिहासमा दुई पटक संसद विघटन गर्ने प्रधानमन्त्री बोलेको भए सुन्न मन थियो ओली किन आउनु भएन छ उनले भने।
यस्तै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रचण्डले प्रस्ट पारे ।
एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ कि भनेर एमालेले नसोच्न पनि उनले आग्रह गरे। अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको उनले बताए।