प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गरे विश्वासको मत
काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेका छन्। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन्।
ओलीको हुन्छ भन्नेमा १६५ र हुन्न भन्नेमा ८३ मत प्राप्त भएको र १ मत दिन्न भन्नेमा परेको सभामुख सापकोटाले बताए। देउवाले आफूमाथि विश्वासको छ भन्नको लागि १ सय ३६ मत आवश्यक पर्छ ।आजको सांसद उपस्तिथित संख्या २४९ रहेको थियो। अर्को बैठक साउन ८ गते शुक्रबार १ बजे बस्ने गरि बैठक स्थगित भएको छ।
देउवालाई नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र ,नेकपा एमाले माधव कुमार नेपाल खनाल पक्ष ,जनता समाजवादी पार्टी महन्त उपेन्द्र पक्ष र राष्ट्रिय जनामुर्चाले समर्थन गरेका हुन्। यस्तै नेकपा एमाले केपी ओली समूहले भने प्रधानमन्त्री देउवाको विपक्षिमा मतदान गरेको छ ,त्यस्तै राप्रपा तठस्ट रहेको छ ।