नायक पुष्प खडकाले किने नयाँ कार

साउन ५ ,काठमान्डौ – नायक पुष्प खड्काले नयाँ कार किनेका छन्। उनले सेतो रंगको क्रेटाको गाडी खरिद गरेका हुन्। कारको मूल्य ७० लाख रहेको उनले बताए।

कोरोनाको महामारीको कारण चलचित्रको काम ठप्प भएपनि उनी म्यूजिक भिडियोमा व्यस्त छन् । उनले चलचित्र क्षेत्रमा काम गरेरै कैलालीमा घर पनि बनाइसकेका छन् ।

म्यूजिक भिडियो हुँदै चलचित्रमा आएका पुष्पले सुरुवाती दिनमा लचित्रमा सफल हात पार्न सकेनन् । उनलाई चलचित्र ‘मंगलम’ले राम्रो सफलता हात पार्यो ।

lekbesi

यो चलचित्रमा अभिनय गरेपछि उनलाई पछाडि फर्किएर हेर्नु नपरेको जनाइएको छ ।पुष्पले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ रिलिजको क्रममा रहेका छन् ।