राजीनामा फिर्ता लिने तयारीमा भीम रावल
साउन ६ काठमाडौं – नेकपा एमाले सुदूरपश्चिम (माधव समूह) का प्रदेशसभा सदस्यसांसद भीम रावलले आफूले दिएको राजीनामा फिर्ता लिने तयारि गरिरहेका छन्।
रावलकै निवासमा पुगेर संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
प्रदेशसभा सदस्यहरुले भेटेर तत्काल राजीनामा फिर्ता लिनुपर्ने अन्यथा आफूहरुले पनि राजीनामा गर्ने बताएपछि यो निर्णयमा पुनर्विचार गर्ने बताएको प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले बताए।
प्रदेशसभाका सदस्यहरुको भेट पछि रावलले राजीनामा फिर्ता लिने संकेत गरेका छन्। यस्तै रावलको राजीनामालाई लिएर पार्टीले पनि फिर्ता लिन आग्रह गरिसकेको छ।
केपी ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। नेता रावलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै सर्वोच्च अदालतमा दिएको १४६ सांसदसंगै हस्ताक्षर गरेका थिए।
हस्ताक्षर गरेका रावलको पार्टी एकताका लागि गठित कार्यदलको संयोजक बनेपछि १० बुँदे निर्णय लिएर वालुवाटार पुगेकै बेला केपी ओलीको भेटमा उनको विचार परिवर्तन भएको थियो।
माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि त्यहि दिन रावलले राजीनामा दिएका थिए। २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएपछि सभामुखले उनको राजीनामा स्वीकृत गरिएको छैन।