देउवा भेट्न वालुवाटार पुगे विप्लव

साउन ६ ,काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच छलफल भएको छ ।

विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पुगेका थिए । निवर्तमान केपी ओली सरकारसँग गत वर्षको फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको निकट श्रोतले जनाएको हो ।

विप्लवले हाल भईरहेको देशको राजनीतिक समस्या विषयमा विभिन्न राजनीतिक पार्टीका नेताहरुसंग भेटवार्ता गर्ने गरेका छन्।

यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटर्वाता गरेका थिए ।

विप्लवले सरकारसंग तिन बुंदे हस्ताक्षर गरेपनि अझै आफ्ना कार्यकर्ताहरु जेलबाट रिहाई नभएको बताउँदै आएको छ।