रुकुम चौरजहारी

कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए राजीनामा

रुकुम आठ विसकोट

साउन ६ ,काठमान्डौ – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।पार्टी भित्रको विवाद र क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोस पोख्द सिंहले राजीनामा दिएका हुन्।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको उनले बताउँदै आएका छन् ।

सिंहले प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति आपत्ति जनाएका हुन् । सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् ।