प्रकाश र सुनिता जोखिम न्यूनीकरण सद्भावना दूत पदमा नियुक्त

साउन ७ ,काठमान्डौ – सरकारले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।

गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणले जनाएको हो।

यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। सरकारी निकायसँग आफुहरुको यो पहिलो सहकार्य भएको हुनाले खुसि व्यक्त गर्दै आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए ।