मेलम्ची पाइपलाइन परीक्षण आइतबारदेखि गरिने
२ असार, काठमाडौँ। काठमाडौं उपत्यकाभित्र बिछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपको परीक्षण सुरु गरिने भएको छ।
आइतबारदेखि परीक्षण सुरु गर्ने भएको हो। यसै गरि सुन्दरीजलबाट थप चार करोड लिटर राजधानी ल्याउने भैयको छ ।
अजै पनि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा झन्डै ५५ किलोमिटर पाइप बिछ्याउन बाँकी छ। नमुना परियोजनाअन्तर्गत निर्देशनालयले नयाँ बानेश्वर, रातोपुल र कुसुन्तीमा करिब एक सय किलोमिटर पाइप बिछ्याइसकेको थियो।
बढीमा भदौ मसान्तसम्म थोकको ७०, खुद्रा सात सय २० र नमुनाको एक सय किलोमिटरमा परीक्षण गर्ने तयारी गरियको छ । नेपाल सरकारले २०७३ वैशाखमै राजधानीमा मेलम्ची खानेपानी वितरण गर्ने घोषणा गरे पनि अझै सम्म पनि सकेको छैन ।