यी नै व्याक्ति जसले चिततवनमा सेनाका हुद्दालाई सएमजी हतियारले गोली हाने र खेतमा शव फाले
चितवन – चितवनको शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ।
दि फेमस महिन्द्र दल गण’का सिपाही गंगाधर ढकाललाई पक्राउ गरेर आज पत्रकार समेम्लन गर्दै सार्वजानिक गरेको हो। यो गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ ।
भरतपुर महानगरपालिका,१७ सिमलडाँडामा खेत नजिक खेत नजिक पानीको घोलमा भारतको शव फेला परेको थियो। उनको शव नजिकमा गोलीको खोका फेला परेपछि प्रहरीले अन्सुअन्धन गरेको थियो।
उनको टाउको मा अगोली लागेको थियो। गोलि हान्ने गंगाधर ढकालबाट प्रहरीले सएमजी हतियारसमेत बरामद गरेको छ। ढकालको घर भरतपुर महानगरपालिका २१ मा रहेको छ उनलाई प्रहरीले चनौलीबाट पक्राउ गरेको जनाएको हो।
भरत ढकाल र एक आपसमा मिल्ने स्सथी समेत रहेको खुलेको छ। भरतको ग्लोबल आई एम ई बैंकको चेकमा ढकालले आफ्नै किर्ते हस्ताक्षर गरेर साउन २ गते ९ लाख पैसा समेत निकालेको बयानमा ढकालले बोलेका छन्।
६ लाख रूपैयाँ श्रीमती र २ लाख रूपैयाँ बुवालाई दिए। बाँकी एक लाख रूपैयाँ आफैंले राखेका थिए। भरतको हस्ताक्षर सजिलो भएको कारण आफूले मिलाउन सक्ने उनले बताए। यो रकम भरतले जग्गा किन्ने भनेर राखेका थिए।
भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिएक थिए भने ढकाललाई फोन गरेका थिए। त्यसपछि ढकाल मोटरसाईकल लिएर भरतलाई लिन काठमान्डौ आएक थिए। ५ गते नै उनीहरु चितवन आएर होटलमा बसेको चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले ढकालको बयानलाई उदृत गर्दै जानकारी दिए ।
भरत गुरुङ भोलिपल्ट मात्रै भरतपु,१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए । ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाए । उनीहरु त्योदिन मोटरसाईकलमा घुमेको र मदिरा पीएको देखिन्छ।
भरतलाई विभिन्न ठाउँमा रातभर डुलाएपछी घटनास्थलमा अबिहना पांच बजेतिर पुगेको देखिन्छ एसपी ओम अधिकारीले भने। बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए।
भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको हतियार ‘एसएमजी’ झिकेर भरतको टाउकोमा एक राउण्ड गोली हानेछन्,’त्यसपछि मृतकलाई तानेर घोलमा फालेर हिँडेछ एसपी अधिकारीले भने । गंगाधरले आफ्नो कपडा, जुत्ता र मोटरसाइकलमा लागेको रगत केही पर गई कुलोको पानीमा पखालेका बुझीएको छ ।
उनी भरतपुर,८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा हतियार फालेर पूर्वी चितवनको सौराहचोकस्थित फुपूको घरमा पुगेका देखिन्छ। उनी दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर निस्किएका थिए।
प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ। घटनामा अरु कोहि संलगन भएको नभएको खुलेको छैन थप अन्सुंधान भईरहेको छ। मृतक भारतका आफन्तले हत्यामा संलग्न व्यक्तिलाई प्रहरीसमक्ष कडा कारबाहीको माग गरेका छन्।