Simta
Simta
lekbesi

रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिए कर्णराज गिरी

Gurvakot

काठमान्डौ – कर्णराज गिरी रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएका छन्।शुक्रबार भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएका सर्लाहीका गिरी टप ११ बाटै बाहिरिएका हुन्।

उनको स्वरलाई लिएर जजर दर्शकले निकै तारिफ गर्ने गरेका थिए । उनले सानैबाट संगीतमा रुचि राख्ने गरेपनी निम्न परिवारका कारन कुनै गित संगीतमा सामेल हुन पाएका थिएनन ।

कर्णराजले काठमाडौंमा ट्याक्सी चलाउने काम गर्थे । विगत ३–४ बर्षदेखि रातको समयमा ट्याक्सी चलाउँदै उनले दिउँसो भने संगीतलाई समय दिएका थिए ।

lekbesi

कर्णराज कोच तृष्णाको टिममा थिए। उनको केही दिनअघि आमाको निधन भए पनि प्रतिस्पर्धामै रहेका थिए।उनले नकाउट राउण्डमा सागर हमाल र सुरक्षा सेञ्चुरीसँग प्रतिस्पर्धा गरेका थिए ।

Simta