रुकुम चौरजहारी

केपि लाई माहराजा भन्नु भो ठिक गर्नु भो : प्रचण्ड

रुकुम आठ विसकोट

साउन ९,काठमाडौं – नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबी भेटवार्ता भएको छ ।

नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका हुन । भेटमा नेपाललाई प्रचण्डले धन्यवाद समेत दिएका छन ।

नेपालले हिजोको भाषनमा केपि शर्मा ओलीलाई महाराजा भनेर बोलेका थिए । जसलाई दाहलले ठिक भनेको भन्दै धन्यवाद दिएका हुन ।

यस्तै एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका छ।

दुवै नेताले आ आफ्नो अडान नछोडेपछि एमाले एकता हुन सकेको छैन । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको पनि बुझीएको छ ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरूले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गरे ।