डेब्यू टेष्टमा भारतसँग अफगानिस्तानको फितलो पर्दसन
अफगानिस्तानको डेब्यू टेष्ट क्रिकेटमा भारतले फराकिलो अन्तरको जित हात पारेको छ। दुई दिनमै जित निकालेको भारतले अफगानिस्तानमाथि इनिङ्स र २ सय ६२ रनले विजयी भएको हो। भारतले एकै दिनमा अफगानिस्तानको दुवै इनिङ्सलाई ध्वस्त बनायको थियो । टेष्ट क्रिकेटमा भारतक लागि अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो ।
भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ७४ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान पहिलो इनिङ्समा १ सय ९ रनमा समेटिएको थियो।
पहिलो इनिङ्समा भारतले ३ सय ६५ रनको अग्रता लिएको थियो। पुन जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान १ सय ३ रनमा समेटियो। भारतका कप्तान अजिक्या रहाणेले अफगानिस्तानलाई फ्लो अन दिएका थिए।