रुकुम चौरजहारी

कर्णालीका प्रमुख सचेतक ठम्मर बिष्टद्वारा शैक्षिक क्षेत्र देखि पुर्वाधार विकास निर्माणमा करोडौ बजेट विनियोजन

रुकुम आठ विसकोट

सुर्खेत – नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक माननिय ठम्मर बिष्टले शैक्षिक र अन्य पुर्वाधार बिकास निर्माणको कार्य पुरा गद्रै तपसिलका आयोजनाहरु उद्घाटन गरेका छन्। बिष्टले सुर्खेतको सिम्ता गाँउपालिका रहेका विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेका हुन्।

प्रदेस सरकारका माननीय ठम्मर बहादुर बिष्टको प्रमुख आथित्यता सम्पन्न भयको बजेट विनियोजनमा सिम्ता बहुमुखी क्याम्पस २ कोठे भवन निर्माणको लागि सिम्ता गाँउपालिकाको वडान ६ मा २० लाख,रकम विनियोजन गरिएको छ ।

यस्तै दलित सुन्दर बस्ती सडक निर्मान तथा स्तरउन्न्ति सिम्ता वडान ६ मै ४० लाख रकम विनियोजन गरिएको छ भने दर्कादेखी स्याकिनडाडा जोडने कृषि सडक निर्माण तथा स्तरउन्न्ति सिम्ता ८ मा ३० लाख रकम विनियोजन गरिएको हो।

त्यस्तै केउरेनी खानेपानी योजना सिम्ता ८ मा १५ लाख ,मुख्यमन्त्री स्वरोजगार अन्तर्गत सल्लेरी खानेपानी योजना योजना सिम्ता ८ मा २५ लाख र श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय बजेडाआली ६ कोठे भवन निर्माण सिम्ता ५ मा रु ५० लाख विनियोजन गरिएको छ। योजनाहरुको लागि प्रदेश सरकारको आब २०७७/७८ को बजेटबाट प्रदेस संसदिय दलका प्रमुख सचेतक ठम्मर बिष्टले विनियोजन गरेका हुन्।

कार्यक्रममा सिम्ता गाँउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसि,टेकेन्द्र बस्नेत ,वडा प्रतिनिधिहरु राजनीतिक दलका पार्टी प्रतिनिधि,पत्रकार ,सुरक्षाकर्मी ,बुद्धिजीवी र जनताहरुको उपस्तिथि रहेको थियो ।

उक्त योजनाहरुले क्षेत्र बासी जनताहरुको बर्षौ देखिको सडक निर्माण,खानेपानी,भवन र सिचाइको अभाव रहेको क्षेत्रमा समस्या समधान हुने पाईएको छ। सडक निर्माण कार्य,खानेपानी,भवन र सिचाइको लागि बजेटक विनियोजन गरेर नागरिक जनतामा खुसी छाएको भन्दै नेता ठम्मर बिष्टलाई जनताले विशेष धन्यवाद दिएका छन्।

कार्यक्रममा बोल्दै सम्बन्धित वडाका जनप्रतिनिधि र योजनाका अध्यक्षहरुले जनसमुदायहरुलाइ आवत जावत खानेपानी ,सिचाइ र शैक्षिक भवनको लागि निकै समस्या रहेको काम आज पूरा भयको र उदाहरनिय काममको लागि बिष्टलाई जनताले ईतिहासमै नभुल्ने बताए।

कार्यक्रममा बोल्दै माननीय ठम्मर बिष्टले उक्त सडक,खानेपानी र सिचाइ संजालबाट जोडियका त्यस क्षेत्रका जनताहरुलाइ अब कृषि र उद्योग पेसामा आवद्ध बनाई जिबनस्तर उकास्नको लागि आफु सदै कटिबद्ध रहेर लाग्ने र शैक्षिक क्षेत्रको लागि भौतिक र शैक्षिक क्षेत्रमा सुधार गर्न पनि आफू सदै लागिरहने कुरा बताए ।

शैक्षिक क्षेत्र दक्ष जनशक्ति र भावी जनशक्ति उत्पादनमा जोड दिन पनि बिष्टले अनुरोध गरे । साथै बिष्टले सोहि दिन सिम्ता गाँउपालिका अन्तर्गत प्रदेसबाट संचालित सिम्ता ५ मा रु ९४ लाखमा संचालित हाइटेक नर्सरी र सिम्ता ५ मै रु ६६ लाखमा संचालित घलेना लिफ्ट खानेपानी योजना लगायत अन्य योजनाहरुको अनुगमन गरेका छन।