बिषालु च्याउ खाएर बिरामी परेकालाई झाक्रीले झारफुक गर्दा दुई जनाको ज्यान गयो
साउन १०,ईलाम – बिषालु च्याउ खाएर बिरामी भएका बाबू छोरालाई झाक्रीले निको बनाउने भन्दै झारफुकमा लाग्दा दुवैको ज्यान गएको छ ।
फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गत ३ गते घर नजिकैको जङगलबाट च्याउ टिपेर ल्याएको उनिहरुले खाएपछी बिरामी परेका थिए । अस्पताल लैजानुको साटो झाक्री बसाल्ने झारफुक गर्दा दुवैको ज्यान गएको हो ।
परिवारमा च्याउको तरकारी नखाएकाहरु सकुशल छन । बिरामीलाई तीन चारदिन सम्म झारफुक गरि अन्त्यमा अस्पताल लागिएपनी अस्पतालले उपचार हुननसक्ने बताएको थियो ।
घर ल्याउदा बाटोमै उनिहरुको ज्यान गएको वडाध्यक्ष टेकबिर लिम्बुले बताए । अस्ति ८ गते उनिहरुको अन्तिम दाहसंस्कार गरिएको पनि उनले बताए ।