रुकुम चौरजहारी

केपि ओली निकट एमाले नेता सुन चोरेको आरोपमा प,क्राउ

रुकुम आठ विसकोट

साउन ११, बैतडी – नेकपा एमालेका नेता जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय लाल बहादुर कार्कीलाई मन्दिरबाट सुन चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।स्थानीयका अनुसार उनी नेकपा एमाले अध्यक्ष केपि ओली निकटका हुन।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमको लटीनाथ मन्दिरबाट सुन चोरी गरेको आरोपमा बैतडी प्रहरीले कार्की सहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुले मन्दिरको ९ तोला सुन चोरेको खुलेको छ ।गत माघमा सुन चोरी भएको मन्दिरका पुजारीले खबर गरेपछी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

स्थानियहरुले संखाको आधारमा २१ बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई नियन्त्रणमा लिएर असार २४ गते प्रहरीको जिम्मा लगाएका थिए ।

सोधपुछको क्रममा उनीहरुले सुन चोरी गरेको स्वीकार गरेपछी अन्य ब्यक्तिपनि संलग्न रहेको बताए । बयानको आधारमा थप दुई दिन अगाडि ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

चोरीको मुख्य योजना एमाले नेता लाल बहादुर कार्की र हरिकृष्ण सार्कीको रहेको बयान दिएका प्रहरीको भनाई छ । स्थानीय र पुजारीले ९ तोला सुन हराएको भनेपनी उनिहरुबाट पौने ४ तोला सुन बरामद भएको प्रहरीको भनाई छ ।

सुन चोरीमा अन्य व्याक्तीपनि संलग्न हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस्तै चोरीको सुन किन्ने सुन मालिकलाई पनि नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।