जेलमा रहेर जसपाको पक्ष विपक्षमा हस्ताक्षर गर्ने नैतिकताले दिएन : सांसद रेशम चौधरी

काठमान्डौ – जन्ता समाजवादी पार्टीका सांसद रेशम चौधरीले आज निकै मनछुने वक्तव्य दिएपछी सबैको मन खिचेको छ ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा पार्टी आधिकारिकताको लागि हस्ताक्षर गर्न पुगेका सांसद चौधरी  भने हस्ताक्षर नगरेरै फर्कीएका थिए ।

उनले आफू जेल भित्र रहेको र जसपाको आन्तरिक विवादबारे कुनै जानकारी नलिई हस्ताक्षर नगर्ने बरु तठस्ट बस्ने बताएका थिए । चौधरीले भनेका थिए म जसपाको एउटा सामान्य सिपाहि कार्यकर्ता हु मेरो लागि दुवै अध्यक्ष बराबार हुनुहुन्छ ।

मेरो लागि जसपा सिङ्गो यौटा पार्टी हो ।मेरो मुद्दा छुट्टै छ सबैलाई जानकारी छ तर म अहिले कतै पनि नलाग्ने र तथस्ट बस्ने निर्णय गरेको छु उनले भने ।

जेलमा रहेर जसपाको पक्ष विपक्षमा हस्ताक्षर गर्ने आफुलाई नैतिकताले नदिने चौधरीले बताए ।मेरो लागि पक्ष विपक्ष जसपा हो । म जेलमा छु बाहिर बसेर दुवै अध्यक्षले मेरो मुद्दाको बारेमा कत्तिको लागिरहनु भएको छ त्यो उहाहरुलाई थाहा होला उनले भने ।

चौधरीले निर्वाचन आयोगबाट निस्कदै गर्दा दिएको अभिव्यक्ति यस्तो छ ।
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाउँ भन्दै हजुर सयौं पटक झुके पनि
निरिह ठान्दा रैछन् शिर निहुराएपछि
दोषी ठहराउँदारैछन् चुप लागेर बसेपछि
श्रीमान न्याय देउ हामिलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देउ तर निर्दोषीलाई थुन्न पाइँदैन
अर्को कुरा- एक न्याय, दुई न्याय, तीन न्याय”..