प्रधानमन्त्रिलाई चुनौती डा. केसी भन्छन माईति घर मण्डलाबाट लड्छु ,
असार २ काठमाडौं – सरकार विरुद्द अनसन बसीराख्ने डा. गोविन्द केसीले प्रधानमन्त्री ओलीलाई चेतावनी दियका छन्। माईतिघर मण्डलामा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगायपनी तेस्को विरोध गर्दै डा. केसीले शनिबार प्रदर्शन गरेका हुन् ।
मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।
आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको उनको दाबी छ ।
डा. केसीले भ्रष्टाचार, वेथितीविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताए । तर, सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भने,। म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, । यहीबाट लड्छौं कसरी रोक्दा रहेछौं हेरौं । उनले पटक पटक सरकार विरुद्द अनसन बस्दै आन्दोलन गर्ने गरेका छन्। तर सरकारले यसको विरुद्दमा कुनै चासो नादेखायको देखिन्छ ।
,