रुकुम चौरजहारी

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

रुकुम आठ विसकोट

साउन १२, काठमान्डौ – जन्ता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाईसकेपछि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक आज मंगलबार २ बजे बस्ने र बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गर्ने निर्णय हुने भएको जनाईएको छ ।

३२ जना सांसदमा २० जना उपेन्द्र पक्षका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षतिर लागेका १२ सांसद कता जाने भन्ने हेर्न बाकी छ ।उनीहरु आजको बैठकमा आउने कि नआउने समेत अल्मलमा छन ।

हिजो मात्र निर्वाचन आयोगले जसपा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो भने महन्त ठाकुर पक्षलाई अर्को दल खोल्न पाउने प्राबधान देखाइदिएको थियो ।