नायक विराज भट्ट फिल्म सुटिङमा घाईते यस्तो भने डाक्टरले

साउन १२, काठमान्डौ – नायक विराज भट्ट भोजपुरी फिल्म सुटिङको क्रममा घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको हो ।

भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ ।

केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए । एक्सन सिन गर्दा सामान्य घाइते भएको र तपाइहरुको मायाले क्रमिक सुधार हुँदै गैरहेको जानकारी गराउन चाहान्छु विराजले भनेका छन।

lekbesi

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

पछिल्लो समय नेपाली फिल्ममा भन्दा विराज भट्ट भोजपुरी चलचित्रमा देखिने गरेका छन ।