रुकुम चौरजहारी

नवलपरासी सशस्त्र प्रहरीद्धारा सिमा सुरक्षा संगै वृक्षारोपण

रुकुम आठ विसकोट

 

साउन १२, नवलपरासी पश्चिम् – सशस्त्र प्रहरी गण नं २६ ,
सशस्त्र प्रहरी बल बि ओ पी गुठी परसौनीको आयोजनामा साढे चार बिगहाको जग्गामा निर्माणधिन बि ओ पी परिसरमा बृक्षारोपण गरेको छ ।

निर्माणधिन बि ओ पी को हाता वरिपरि ३० प्रजातीका ५ सय भन्दा बढी विरुवाहरु रोपिएको छ । सशस्त्र प्रहरी नेपाल गण नं २६ हेड क्वाटर बेलाशपुरका गणपति महेश अधिकारीले बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेपछि विभिन्न जातका गरी करीब ५ सय बोट विरुवा सो क्षेत्रमा रोपिएको छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि २६ नं का गणपति महेश अधिकारीले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले बृक्षारोपण गरिएको बताए ।

बृक्षारोपण कार्यक्रममा स्थानीय बुद्धिजीवि तथा भद्रभलादमी, युवा, जनप्रतिनिधि एवं विभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार तथा सशस्त्र प्रहरी बलका जवानहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नेपाल भारत सिमा हुदै नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मुल्य सात लाख अड्तिस हजार चार सय त्रीयासी रुपैया बराबरको बिभिन्न किसिमका मोवाईल, ईलेक्ट्रिक सामान, हार्डवयरका सामानहरु, मोटर साईकल, कपडा तथा किराना सामनहरु बरामद गरी आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिममा बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ हेड क्वाटरका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

रबिन्द्र यादव ,