मृ,त्यु भनीएका विजय शाही कालिकोटमा जिउदै भेटिए

काठमान्डौ – विजय शाहीको सामाजिक सञ्जालमा मृ,त्युुको खबर आएपछि प्रहरीले खोजतलास गर्दा उनी कालिकोटमा फेला परेको प्रहरीले जनाएको छ ।

सामाजिक संजालमा आएर नेपालीलाई झुक्याउने गरेका विजय शाहीको मृ,त्युु खबर समाजिक संजालभरी देख्न सकिन्छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको बताएका हुन। ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

lekbesi

कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेका छन। उनले भने, ‘उहाँले आफू विरामी भएको बताउनु भएको छ ।

आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए ।

उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन । मेमोरी किङ भएको भन्दै शाहीलाई कर्णाली प्रदेश सरकारले दुई लाख दिएको थियो । उक्त रकम अहिले कर्णालीका जन्ताले फिर्ता हुनुपर्ने माग गरेका छन ।