विद्यालयको बैठकमा प्रधानाध्यापकमाथी शिक्षकले गरे ढुङ्गा प्रहार
रुकुम पश्चिम – रुकुम पश्चिममा एक विद्यालयका प्रधानाध्यापकमाथि सोही विद्यालयका अर्का शिक्षाकले ढुङ्गा प्रहार गरेका छन।
हिजाे साेमवार प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ मा विद्यालय वेवस्थापन समितीको बैठक बसिरहेका बेला प्रधानाध्यापक दीपबहादुर खड्कालाई त्यही विद्यालयका शिक्षक दिनेश खड्काले ढुङ्गा र मुक्का प्रहार गरि घाइते बनाएका हुन् ।
आफूविरुद्ध व्यवस्थापन समितिको बैठकमा कुरा उठाएको भन्दै बैठक चलिरहेका बेला ढुङ्गा र मुक्का प्रहार गरी प्रधानाध्यापकलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको र आक्रमणकारी भागेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताए ।
सङ्घीय अनुदान कोटामा गएकाे माघमा करारमा नियुक्त भएका दिनेशले विद्यालयको खाताबाट अनधिकृत रूपमा रकम निकासा गरेपछि बैठकमा कुरा उठाउँदा आफूमाथि आक्रमण भएको प्रधानाध्यापक खड्काले जानकारी गराएका हुन ।
घाइते प्रधानाध्यापक खड्काको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने घटनाको अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।