पब्जी फ्री – फायर र अनलाईन कक्षा बन्द गर्न सांसदहरुको माग

साउन १३ काठमान्डौ – शिक्षण संस्थाहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न माग गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले अनलाइन कक्षाले विद्यार्थी र अभिभावकलाई मानसिक समस्या देखिन थालेको भन्दै बन्द गर्न माग गरेका हुन् ।

सांसद आशाकुमारी विकले अनलाइन कक्षाले बालबालिका र किशोरकिशोरीहरुमा डराउने, झस्किने, रिसाउने, जिद्धीपनाजस्ता व्यवहार देखिन थालेको जानकारी गराएकि थिइन ।

बालबालिकामा यस्ता व्यवहारले बुबाआमाहरु चिन्तित हुन थालेको र अहिलेकै अवस्था रहिरह्यो भने देशमा मानसिक अस्पतालको अभाव हुने संकेत देखिने समेत उनले बताईन । यस्मा तत्काल सरकारको ध्यान नगए आफुहरु अदालत जाने पनि उनले बताईन ।

यस्तै पब्जी , फ्री – फायर जस्ता अनलाइन खेलहरु तत्काल बन्द गर्न पनि सांसदहरुले माग गरेका छन ।