Simta
Simta
lekbesi

एयरपोर्ट भित्र ग्रिनेड बम फेला भयो भागा भाग

Gurvakot

दाङ – तुलसीपुरको टरिगाउँ एयरपोर्ट भित्र ग्रिनेड बम फेला परेको छ । तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोर्ट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताए ।

एयरपोर्टमा झाडी सफाई गर्ने क्रममा ग्रिनेड बम भेटिएको हो । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।बम कस्ले र किन राख्यो भन्ने थप जानकारि आउन बाँकी छ ।

Simta