तीज गीतमा विकृति फैलाउने दुर्गेशलाई दोहोरीगीत प्रतिष्ठानले गीत निकाल्न नपाउनेगरि कारबाही गर्दै

साउन १५ ,काठमाडौं- नेपाली गीत संगीतमा पटक – पटक विवादमा तानिने र विकृति फैलाउने दुर्गेश थापालाई लोक तथा दोहोरीगीत प्रतिष्ठानले बहिस्कार गर्ने तयारि गरेको छ।

तीज गीतको नाममा दुर्गेशले ख्यास्स पुतली’शब्द राखेपछि चौतर्फी आलोचना भईरहेको छ। गीतले तीजको मर्ममाथी प्रहार गरेपछि लोक तथा दोहोरीगीत प्रतिष्ठानले ध्यानआकर्षण भएको जनाएको हो।

यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेपछि गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ । प्रतिष्ठानले तीज गीत सार्वजानिक गर्नु अगावै एक विज्ञप्ति निकालेर मौलिक संस्कृतिमाथि प्रहार हुने अपाच्य खालका तीज गीत ननिकाल्न आग्रह गरेको थियो।

तर प्रतिष्ठानले गरेको अनुरोधलाईस समेत वेवास्था गरेर दुर्गेश थापाले बीच्च बीच्चमा ४ ख्यास्स पुतली गीत सावार्जानिक गरेका हुन्। दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो ।

प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो ।

 

तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।संस्थाको आग्रहलाई वेवास्ता पछि गरेपछि प्रतिष्ठानले थापालाई साधारण सदस्य समेत नरहने गरि बहिष्कार गर्ने तयारि गरेको छ। यस्तै गीतको विषयलाई लिएर आईतबार प्रतिष्ठान केन्द्रिय कमिटीको बैठक समेत बोलाएको छ।

तीज हाम्रो मौलिक संस्कृति हो ,गीतमा भल्गारिटी नल्याउन हामीले पहिलेनै आग्रहा गरेका थियौ। ‘दुर्गेशले व्यक्तिगत रुपमा मैले चर्चा कमाएको छु राज्यले त केही गरेको छैन ।

संघसंस्थाले के गर्न सक्छ भन्दै अटेर गरेको प्रतिष्ठानका अध्यक्ष बिजीले बताए। आईतबार बस्ने बैठकमा दुर्गेश विरुद्ध राज्यलाई कारबाहीको माग र गुगललाई गीत हटाउन अनुरोधसम्मको निर्णय हुनेछ बिजीले भने।