Gold

दार्चुला घटना तत्काल छानविन गर्न पाँच विद्यार्थी संगठनको माग

Naumule Migrate

साउन १६, काठमान्डौ- विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइन घटनाको तत्काल छानबिन गर्न माग गरेको छ । सीमा क्षेत्रका नेपालीमाथि भारतीयले गरेको ज्यादती रोक्न उनीहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठनले घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने भारतीय व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको हो।

भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए । यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन्। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए ।

Naumule Badhipahiro