Gold

माओवादीसंग सम्पर्क विहिन भएकि लुम्बिनी प्रदेश सांसद विमलाकुमारी नेपालगंजमा फेला

Naumule Migrate

साउन १६, काठमान्डौ- लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले जनाएको छ ।माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेपछि उनको खोजि गरिएको थियो।

घाँटीमा समस्या देखिएकाले फोन उठाउन नमिलेको र उपचारका क्रममा नेपालगन्जमा रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बजानकारी गरेका छन् ।

मैले फोनमा कुरा गरेको छु ,उँहा सम्पर्कमा हुनुहुन्छ उनले भने। वली दाङ ३ (ख) की सांसद हुन्। तत्कालीन नेकपाबाट पनिर्वाचनमार्फत चुनिएकी वली पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् ।

यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ । उनि अहिले सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

Naumule Badhipahiro