प्रहरीले गर्यो टोल अभियान सुरु ,,

असार २ – काठमान्डौ , नेपाल सरकारले प्रहरीलाई टोल अभियान सुरु गर्न निर्देशन गरेको छ । स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले प्रहरीले टोल सर्च अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा टोल-टोलमा प्रहरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिएका गलत प्रवृत्तिका विरुद्धमा प्रहरी कठोर रुपमा उभिनुपर्ने बताए । महानिरीक्षक खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठन बनाउन आफू लागेको भन्दै नतिजा आउने गरी काम गर्न सबैलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले प्रहरीले आफ्नो सीमित स्रोत र साधनबीच ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न टोल-टोलमा प्रहरी कार्यक्रम ल्याएर राम्रो कामको थालनी गरेको बताए ।

टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०६४ असोज ६ गतेको निर्णयअनुसार प्रहरीले कार्यक्रम सुरू गरेको हो ।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक गोविन्द थापाले टोलटोलमा भन्दा पनि जनताको मनमनमा प्रहरी संगठनलाई पुर्याउनुपर्ने धारणा राखे ।
