रुकुम चौरजहारी

तुईन काटदा वेपत्ता भएका जय सिंह धामीको आमा र श्रीमती बेहोस गाँउ शोकमा डुब्यो

रुकुम आठ विसकोट

धनगढी – दार्चुलाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउदै गर्दा मालघाटमा तुईनबाट महाकाली नदी तर्ने बेलामा भारतीय एस.एस. बिले तुईन काटदा ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएपछि उनको परिवार शोकमा डुबेको छ।

जय सिंह धामी बेपत्ता भएको खबरपछि उनकी श्रीमती र आमा बेहोस छन्। जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। गाँउका युवाहरु महाकालीको किनारैकिनार जय सिंहको खोजिगरिरहेका छन्। तर उनको शव फेला पर्न सकेको छैन।

नदीमा पानीको बहाव बढिरहेको चाह भने पानी पनि परिरहेपनि उनीहरुले धामीको खोजि गरिरहेका छन्। जयसिंहको सम्पूर्ण परिवार बेहोस छन् भने गाँउनै शोकमा डुबेको स्थानीय जनकसिंह धामी बताउछन।

गाँउलेले उनको परिवारलाई सम्झाउने सान्तवना दिने गरिरहेका छन् भने कतिपय जयसिंहको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका छन्। यहाँको चलनमा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन छ जनकले भने।

वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतारमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्केका थिए।त्यहाँबाट फर्किँदा उनले सात लाख ऋण निकालेर स्वदेश आउनुपरेको थियो।

अहिले घर बनाउदा आठ लाखजति अरु ऋण लागेको छ उनकी कमाईबाट स परिवार चल्ने गरेक छ ,उनका साना साना बाल बच्चा छन्। अहिले त्यही ऋण तिर्न उनी फेरि विदेश जाने तयारीमा रहेको यस्तो घटना घट्यो स्थानीयले भने ।

तत्काल दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने र जय सिंह धामीको परिवार बाल बच्चाको लागि राज्यले सहयोग गर्नुपर्ने स्थानीयको माग छ। वर्षौंदेखि याँहाका नागरिकको पिडा यहि हो ,राज्यले त्यो ठाउँमा पुल निर्माणको काम छिटो गरेको भए आज जयसिंहको परिवारमाथि यस्तो बज्रपात आउने थिएन उनीहरुले भने।

घटनाबारे छानविन गरी आवश्यक कारबाही गर्न माग गर्दै व्याँस गाउँपालिकाले स्थानीय प्रशाशन र गृह मन्त्रालयलाई पत्राचार गरेको छ। यस्तै वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथाकीले वडा कार्यालयले घटनाबारे छानविन र पीडित परिवारलाई तत्काल राहत दिलाइदिन माग गरेको बताए।

प्रहरीले मुचुल्का बनाएर धामीको खोजी गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेन्द्र चन्दले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा जिल्लाबाट टोली गएको परिचालन भएको बताए।

जय सिंहको घटनाबारे बैतडी, डडेल्धुरा र कञ्चनपुरमा खबर गरिसकेपछि घटनास्थलमा स्थानीय चौकीबाट गएका प्रहरीले खोजिकार्य जारि छ। जिल्लाबाट सशस्त्र प्रहरीका डिएसपी चन्दको नेतृत्वमा घटनास्थलमा जान हिँडेको टोली सदरमुकामबाट भारतकै भूमि हुँदै व्याँस गाउँपालिका,५ मा भएको पुल तरेर ५ घण्टा हिँडेपछि घटनास्थल पुग्ने छ।

जयसिंहसँगै तुइन तरेर पारि गएका चार जनालाई घटनाबारे सोधपुछका लागि प्रहरीले जिल्ला बोलाएको छ। उनीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन झिकेका कारण जयसिंह नदीमा खसेको बताएका छन्। यस्स्तई यो घटनालाई लिएर देशभरबाट निन्दा गरिएको छ।