Simta
Simta
lekbesi

मेलम्ची बस्तिका १२ घर र रातो पुल फेरी बाढीले बगायो

Gurvakot

साउन १७ ,सिन्धुपाल्चोक – असार १ गते आएको बढीले मेलम्ची र हेलम्बुलाई फेरी तहसनहस पारेको छ। अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै आएको बाढीले गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएको हो।

बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ वटा र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। त्यस्तै चनौटेस्थित मोटरेबल पुल र हेलम्बु,४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ ।

पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगाएको छ। बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन ढालेको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। अहिले सिन्धुपाल्चोकमा बाढी आएको संकेत दिने साईरन जोडीएको छ।

lekbesi

बाढी आउने जानकारी पछि सीरंको घन्टी बजेपछि सबै स्थानीय सुरक्षित भएका थिए। जसले कुनै मानवीय क्षति हुन पाएन अधिकारीले भने। गत असार १ गते आएको बाढीले २० जना बगेका थिए । जुन अहिले सम्म फेला परेका छैनन्।

Simta