मेलम्चीमा पुरिएको माटो लेदो बनेर फेरी बग्न सुरु गर्यो बाढी
सिन्धुपाल्चोक – मेलम्चीमा पुरिएको माटो लेदो बनेर फेरी बग्न सुरु गरेको छ। हेलम्बु गाउँपालिमा गत असार १ गते आएको बाढीले माटो थुप्रिएर बसेको थियो। सोहि माटो लेदो बनेर बगेको हो।
आज उक्त जलाधार क्षेत्रको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले अवलोकन गरेको छ। भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ।
यस अघि थुप्रिएको माटो लेदो बनेर अहिले बगिरहेको छ। ठुलो पानी नपरेसम्म यस्तो लेदो बगिरहने अनुगमानमा अरहेको टोलीले जनाएको छ।
लेदो बग्न सुरु गरेपछि ग्याल्थुम बजारका ४० घर जोखिममा रहेका छन्। यस्तै हिजो राति बगेको उक्त लेदोले फेरी दर्जन बढी घर बगाएको छ रातो पुल पनि बगाएको छ।