रुकुम चौरजहारी

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

रुकुम आठ विसकोट

काठमान्डौ- वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । आइतबार उनीहरुको प्रदर्शन दबाउन प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको लामो समयसम्म पनि कुनै ठोस काम गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीहरु डा गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनलाई निरन्तरता दिने आन्दोलनका संयोजक दीपक मुडबरीले जनाए। वीर अस्पतालमा प्रदर्शन भइरहँदा डा गौतम भने अस्पतालबाट बाहिरिएका थिए ।