surkhet

दार्चुलामा तुईन घटना सत्यतथ्य बुझ्‍न छानविन समिति घटनास्थल जाँदै

surkhet

साउन १८ ,काठमान्डौ – दार्चुलामा भारतीय एसएसबिले तुईन काटिदिएपछि तुईन पार गर्द्दै गरेका स्थानीय जयसिङ्ग धामी महाकाली नदिमा खसेपछी वेपत्ता भएको घटना छानबिन गर्न छानबिन समिति दार्चुला प्रस्थान गरेका छन्।

आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो । उक्त टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन पार गरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

Dailekh

छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार ‘काठमाडौंको टोली आज धनगढी बसेर भोलि दार्चुला पुग्ने छ। त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ ।

Gorkha

उक्त घटनामा नेपालले भारतलाई सत्य तथ्य के हो भन्ने बारेमा पत्र पठाएको थियो। पत्रमा भारतले तुईन घटनामा आफ्ना सुरक्षाकर्मीको कुनै संलग्न नरहेको जवाफ दिएको थियो। मृतक धामीले तुईन पार गर्दा भारतीय एसएसबिले तुईङ्को डोरी काटेपछि उनि महाकाली नदीमा खसेको प्रतक्षदर्शीले बताएका छन्।

प्रतक्षदर्शी र भारतले दिएको जवाफ नमिलेपछि घटनाको लागि छानविन समिति गठन गरिएको छ। सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

यो पनि,,

https://i2.wp.com/rangadarpan.com/wp-content/uploads/2021/07/5-studean-organation-copy.jpg?fit=800%2C480&ssl=1

salyan