कर्णाली प्रदेशका एमालेका चार सांसद पद मुक्त

साउन १८, सुर्खेत – कर्णाली प्रदेशका एमालेका चार नेता सांसद पद मुक्त भएका छन ।नेकपा (एमाले) ले आफ्नो पार्टीका कर्णाली प्रदेशका ४ जना सांसदलाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उनीहरुले विश्वासको मत दिएका थिए ।
केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश दिएका हुन् ।
